Breaking News

यस्तो थियो ९० सालको भूकम्प (फोटो फिचरसहित)

Feb Tue 2020 05:40:26

304 views

यस्तो थियो ९० सालको भूकम्प (फोटो फिचरसहित)

काठमाडौं । नेपालको इतिहासमै १९९० सालको घटना भन्ने वित्तिकै सवैलाई भूकम्पकै याद आउँछ । त्यतिबेलाको भूकम्प ब्यहोरेकाहरु कमै छन् । कमै भएकाहरु पनि सानै त्यतिबेला भूकम्प जाँदा सानै थिए ।

९० सालको भूकम्प जाँदा हल्लिएको अनुभव भए पनि भूकम्पले पु¥याएका क्षति र यसपछिका राहत र उद्धारका लागि के कस्ता कदम चालिए होला भन्ने पनि कमै मात्र जानकार होलान । अरु सबै इतिहासकारले लेखेका कुराहरु सुनेर नै ९० सालको भूकम्प निकै डरलाग्दो थियो भन्न सकिन्छ । सायद त्यतिबेला अहिलेको जति जनसंख्या हुँदो हो त कति मान्छेको ज्यान जाने थियो होला भनेर आकंलनसमेत गर्न सकिँदैन ।90_sal_earthquake_dharahahra_broken

९० सालमा ८.४ रिक्टस्केलको भूकम्प गएको थियो । त्यतिबेला काठमाडौंको  जनघनत्व पनि निकै कम थियो । त्यसैले त्यो बेलाको क्षतिलाई निकै ठूलो क्षति मान्नु पर्छ । जतिबेला ८ हजार ५ सय १९ जनाले ज्यान गुमाएका थिए ।

6- 1990 earth quake patan darbar squareनम्बे सालको भूकम्पले काठमाडौंको सबैजसो मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक महत्वका संरचनाहरु ध्वस्त भएका थिए । काठमाडौंको धरहरा पनि भूकम्पले ढलेको थियो ।

नम्बे सालको भूकम्प गएको दिन आजकै दिन हो, अर्थात माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प गए लगतै नेपालको तत्कालिन सरकार राहत तथा उद्धारमा उत्तिकै खटिएको थियो ।

तत्कालै राणाकालिन प्रधानमन्त्री जुद्धशमसेर राणाले पीडितहरुका लागि राहतका लागि चौपारीमा उभिएर माइकिङ गरी घोषणा गरेका थिए । ९० सालको भूकम्पमा सरकारले एक्लैले भूकम्प राहत कोषमार्फत २ लाख ६ हजार पाँच सय रुपैयाँ बाँडेको थियो ।

त्यतिबेलाका कच्चि र माटोले बनेका घरहरु भएकाले महाभूकम्पलाई थेग्न सकेन । सबै घर तथा राणाकालिन दरबारहरु पनि भूकम्पप्रतिरोधी थिएनन् । जस्ले गर्दा भूकम्पले पूर्ण रुपमै ध्वस्त पारेको थियो । भूकम्प गएपछि भूकम्पपीडितहरुलाई टुँडिखेल मैदानमा राखेर खाना खुवाउने काम तत्कालिन राणाकालिन सरकारले नै गरेको थियो ।

नब्बे सालकाे भूकम्पमा टुँडिखेलमा राखेर खाना खुवाइँदै

नब्बे सालकाे भूकम्पमा टुँडिखेलमा राखेर खाना खुवाइँदै

कहिले कहिले गएको थियो, शक्तिशाली भूकम्प ?

नेपालको इतिहासमा वि.सं. १३१० मा शक्तिशाली भूकम्प गएको थियो । ७.७ रिक्टर स्केलको उक्त शक्तिशाली भूकम्पमा परी काठमाडौ उपत्यकाका एक तिहाइ नागरिकको मृत्यु भएको थियो । राजा अभय मल्लले तत्कालै उर्दी जारी गरी उद्धार तथा राहतका लागि खटाएका थिए ।

त्यसको पाँच वर्षपछि वि.सं. १३१६ मा राजा जयदेव मल्लको पालामा शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पमा धेरै भवन तथा मन्दिरहरु भत्किएका थिए ।

यस्तै वि.स.१४६३ मा पनि शक्तिशाली भूकम्प गएको थियो । उक्त भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरको साथै केही भवन तथा मन्दिरहरु भत्किएका थिए भने वि.सं. १६८२ मा राजा श्रीनिवास मल्लको पालामा पनि भूकम्प गएको थियो ।

१८६६ सालमा राजा गिर्वाण युद्धविक्रम शाहको पालामा पनि गएको भूकम्पले पनि धेरै भवन तथा मन्दिरहरु भत्काएको थियो । वि.सं. १८८० सालमा नेपालमा शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि १७ पटक पराकम्प गएको बताइन्छ ।

वि.सं. १८९० सालमा पनि शक्तिशाली भूकम्प गएको थियो । राजा राजेन्द्रविक्रम शाहको पालामा साँझ ६ बजे र शक्तिशाली पराकम्प राती ११ बजे गएको थियो । उक्त भूकम्पले ठिमी र भक्तपुरका घर तथा भवन पूर्ण रुपमै ध्वस्त भएका थिए । जतिबेला काठमाडौं उपत्यकामा ४ हजार २ सय १४ घरहरु धवस्त भएको तथ्यांक छ ।

5_judda_shamsher_announcing_the_relief_efforts16- 1990 earth quake patan darbar square1990 earth quake-darbar square1990 earth quake-old-nepal1990-old nepalghantaghar-1990 earthquake

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?