Breaking News

पर्यटकीय क्षेत्रको प्रचार प्रसार बढाउन राष्ट्रिय अनलाईन नोजाको भूमिका आवश्यक : सूर्य थापा-पर्यटन विभाग प्रमुख

Feb Tue 2020 05:40:28

768 views

पर्यटकीय क्षेत्रको प्रचार प्रसार बढाउन राष्ट्रिय अनलाईन नोजाको भूमिका आवश्यक : सूर्य थापा-पर्यटन विभाग प्रमुख

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख सुर्य थापाले नेपालको पर्यटक क्षेत्र विश्वमा राम्रो प्रचार प्रसारमा ढिला भएको बताएका छन् । १२ वैशाखामा गएको भूकम्प र पछिल्लो तीन महिना यता भारतले गरेको अघोषित नाकाबन्दीका कारण धरासायी बनेको पर्यटक क्षेत्रलाई प्रवर्दन गर्न सगरमाथा, अन्नपूर्ण, मनासलु, लाङटाङ, रोल्वालीङ लगायतका पर्यटकीय पदयात्राका बारेमा प्रचार प्रसारमा कमी आएको जानकारी गराए । उनले तत्काल यस्ता गन्तव्यको प्रचार प्रसार नगर्ने हो भने पर्यटक क्षेत्र निकै धरासायी हुने बताए । DSC08763राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)ले आयोजना गरेको टे«किङ एजेन्सी एसोसिएन अफ नेपाल (टान) लाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा बताएका हुन् । पर्यटक प्रवर्दन गर्न टानलाई तत्काल नयाँ योजना ल्याउन आग्रह गर्दै पर्यटन प्रवर्दन गर्न ल्याएको नयाँ योजनालाई कार्यान्वयन गर्न सरकारलाई दबाद दिने समेत जानकारी गराए । कार्यक्रममा एक फरक प्रसङगमा पर्यटन प्रमुख थापाले नेपाल माउन्टेनरीङ एसोसिएसन अफ नेपाल (एनएमए)को विषयमा मन्त्रीपरिषदले गरेको निर्णय कुनै पनि हालतमा नउल्टने दावी गरे । एनएमएमा साँचैनै समस्या भएको दावी गर्दै थापाले भने,‘ एनएमएले रोयल्टी उठाउन नपाएको भन्दै बिलौना गर्दै हिडनुको कुनै तुक छैन । एनएमएले उठाउने गरेको रोयल्टी सिधै राज्य कोषमा जम्मा हुन्छ ।’ ठमेलस्थित रियल थेरापी एंड ब्युटी पोइन्टमा आयोजित उक्त कार्यक्रममा बोल्दै ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का नवनिर्वा्चित अध्यक्ष चन्द्र रिजालले नेपालमा समय समयमा हुने गरेको बन्द हडतालका कारण नेपालमा आउने पर्यटकलाई सम्झाउन नसकिने अवस्था सृजना भएको बताए । नोजाले गरेको स्वागत कार्यक्रममा अहिले सम्म गरेको कार्यक्रम मध्य उत्कृष्ट कार्यक्रम रहेकोले धेरै खुसि भएको बताउदै अनलाइन मिडियाको आफ्नै शक्ति भएकोले अबको जमाना भनेको अनलाइननै भएकोले सबै अनलाइनहरुलाई आबद्ध गराई लैजान समेत आग्रह गर्नुभयो । सोहि अबसरमा नेपालमा १२ वैशाखमा गएको भूकम्प र पछिल्लो समयमा देशको परिस्थीतिका कारण नेपालमा आउने पर्यटकले पनि टिकट रद्द गरेको बताए । देशको विग्रदो अवस्थाका कारण नेपालमा कति पर्यटक आए, नेपालमा कति छन् भन्ने समेत थाहा पाउन समस्या भएको उनको भनाई छ । यसैबीच कार्यक्रमको सहयोगी रियल थेरापी एंड ब्युटी पोइन्टका संचालक भबि शर्माले आफुले सदैब मिडियालाई सम्मान गर्दै आएको र राष्ट्रिय अनलाइन पत्रकार संघको गतिबिधि एकदमै राम्रो भएकोले सदैभ आफ्नो ठाउ बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा बोल्दै नेपालमा स्पाको इतिहास लामो नभए पनि रियल थेरापीले विगत १२ वर्षदेखि व्यवस्थित तरिकाले पारिवारिक वातावरणमा सम्मानजनक तरिकाले सेवा दिँदै आएको समेत जानकारी गराएका थिए ।DSC08751

कार्यक्रममा बोल्दै नाजाका अध्यक्ष मुकुन्द ढुंगानाले मुलुकको आर्थिक र पर्यटन विकासका लागि अनलाइन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै देशभरका अनलाइन पत्रकारहरुको सञ्जाल नोजासँग सहकार्य गरेर अगाडि बढ्न सबै संघसंस्थाहरुलाई आग्रह गर्नुभयो । कार्यक्रमकै बीच नोजाले टानका नवनिर्वा्चित तथा मनोनीत पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?