Breaking News

अब गुगलमा आफ्ना गोप्य तस्वीर यसरी हाइड गर्नुहोस्

Feb Tue 2020 05:40:38

483 views

अब  गुगलमा आफ्ना गोप्य तस्वीर यसरी हाइड गर्नुहोस्
गुगल फोटोजमा आफ्ना तस्वीरहरु सुरक्षित राख्ने सबैभन्दा सजिलो उपाय हो । यसका लागि गुगल फोटोजमा आर्काइभ फिचरको प्रयोग गर्न सकिन्छ । यो फिचर सबै एन्ड्रोइड, वेब तथा आइओएस प्रयोगकर्ताका लागि उपलब्ध छ । जसका माध्यमबाट प्राइभेट फोटो तथा भिडियोलाई मुख्य एल्बमबाट अलग गर्न सकिन्छ । यो फिचरको प्रयोग गर्नका लागि गुगल फोटोको २.१५ भर्सन हुनु आवश्यक हुन्छ । जुन फोटो वा भिडियोलाई तपाइँ आर्काइभ गर्न चाहनुहुन्छ त्यसका लागि तपाइँले एप ओपन गरेर सेलेक्ट गर्नुहोस् । त्यसपछि मेन्यू बटनमा क्लिक गर्नुपर्दछ जुन एपमा वायाँपट्टि सबैभन्दा माथि रहेको हुन्छ । जब मेन्यू ओपन हुन्छ तब त्यहाँ अर्काइभ अप्सन देखिन्छ । तपाइँले जुन फोटो वा भिडियोलाई अर्काइभ गर्नुहुन्छ त्यो मुख्य एल्बममा देखिनेछैन । Image result for google photos save option अर्काइभ गरेको फोटो वा भिडियो डिलिट भएको हुँदैन लुकेको मात्र हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?