Breaking News

व्यावसायिक नेपाली मोडलहरु यस्ता छन्

Feb Tue 2020 05:40:24

964 views

व्यावसायिक नेपाली मोडलहरु यस्ता छन्
यी  हुन् अहिलेका  व्यावसायिक नेपाली मोडलहरु ।राधिका कँडेल/ हरिजगं थापा/काठमाण्डौ मोडलिङ क्षेत्रप्रतिको आर्कषण बढ्दो छ । नायक, नायिका बन्ने एउटा सिँढी भएकाले पनि युवा, युवतिहरु यसतर्फ बढी आर्कषित भइरहेका हुन्छन् । म्युजीक भिडियो हुँदै सिनेमासम्मको यात्रा गर्ने मोडलहरुको संख्या बढ्दै जाँदा मोडलिङ क्षेत्र अझै व्यवसायिक पनि बन्दै गएको छ । म्युजीक भिडियोमा रुचाइएका कतिपय मोडलहरुलाई सिने क्षेत्रमा स्थापीत हुन सजीलो भएकाले पनि यसप्रति बढी चासो राख्ने गरिएको छ । साथमा यस क्षेत्रको व्यसायिकता पनि बढेको छ । सम्पदा बानीँया मोडल तथा अभिनेत्री सम्पदा बानीँयाले अहिले आफ्नो निकै राम्रो डिमाण्ड बनाएकी छिन् । उनी नेपाली सुगम र लोक गितहरुको म्युजिक भिडियोमा व्यावसाियक रुपमा काम गरिरहेकी छिन् । एक पछी अर्को गर्दै म्युजिक भिडियो हात पारेकी सम्पदा निकै सुन्दर छिन् । सुन्दरतासँगै उनले सिनेमा जन्जीर, ठमेल डट कममा काम पनि गरिसकेककी छिन् । उनको भविष्यमा सफल नायिका बन्ने सम्भावना पनि निकै राम्रो छ । बिमल  अधिकारी स्याङजामा जन्मेका बिमल मोडलको रुपमा  हाल निकै व्यस्त छन् । पहिले मोडल बन्नको लागी  मौकाको खोजिमा दौडिएका बिमलको सफलता निकै लोभ लाग्दो छ । उनि एकाएक सुपरहिट मोडलको रुपमा स्थापित भए । व्यावसायिक रुपमै सफल भए । उनले एक पछी अर्को गितहरुमा अभिनय गर्ने अवसर पाए यो अवसर उनले आफ्नै मिहिनेत र क्षमताले पाएका हुन् । हिरो हुन लायक मोडल बिमल भविष्यका सफल अभिनेता बन्न पनि सक्छन् । उनले सिनेमा सलाम छ मायालाई काम गरिसकेका छन् । उनलाई सबैले रुचाएका छन् । उनले ३ सय गितमा मोडलिङ गरिसेका छन् । खुस्बु खड्का सिन्धुपाल्चोकमा जन्मेकी शुस्बु खड्का अहिले नेपाली मोडलिङ र अभिनय क्षेत्रमा जमिरहेकी छिन् । दर्जनौ लोक गित तथा सुगम गितमा अभिनय गरेकी खुस्बु पनि धेरैलाई पछारेर अघि बढेकी मोडल हुन् । उनले मोडलिङको सफलता सँगसँगै सिनेमामा पनि काम गरेकी छिन् । उनले तथास्तुलगायतका चलचित्रमा अभिनय गरेकी छिन् । नेपाली मोडलमा निकै हट र ट्यालेन्टमा पर्छीन् खुस्बु । उनी भन्ने गर्छिन् ग्ल्यामर देखिनु पर्छ भल्गर हैन । पल शाह प्राय पप र आधुनिकमा देखा पर्ने पल शाहलाई सबैले रुचाएका छन् । दर्जनौ गितमा मोडलिङ गरेका उनको चर्चित गितमा पर्छ को हो ला त्यो म सँग आँखा जुधाउने । त्यसपछी उनले अभिनय गरेको म्युजिक भिडियो हनी बनिलाई पनि सबैले मन पराए ।  मिडिया क्षेत्रमा पहिले देखि नै संलग्न उनी मिडीया हाउसमा ईडिटरको  काम गर्थे । मोडलिङमा आएको लगभग तीन बर्ष जती भयो पल शाह । यो तीन बर्षममा उनले राम्रो सफलता हात पारे । उनले सिने यात्राको सुरुवात गरिसकेका छन् । पल नाई नभन्नु ल ४ को नायकको रुपमा छानीएका छन् । सगुन शाही सगुन व्यस्त र सफल मोडल हुन् । दर्जनौ गितमा अभिनय गरेर उनी धेरैको मन मुटुमा बस्न सफल भएकी छिन् । एक दुई ओटा सिनेमामा काम गरेर खासै राम्रो छाप नछोडेपनि  उनलाई मोडलिङले निकै फाईदा पुर्याएको छ । पहिले भन्दा केहि मोटी देखिएकी सगुनको सुन्दरताको पनि कुनै बयान छैन । सगुन आफ्नो हट अवतारको लागि पनि चिनिन्छीन् । रष्मी तामाङ रष्मी पनि हाल एकपछी अर्को गितमा देखिएकी छिन् । उनले प्राय रमाईला गितमा अभिनय गरेकी छिन् । नृत्यमा माहिर रष्मीले धेरै गीतमा आफ्नो नृत्य र ग्ल्यामर रुप देखाएकी छिन् । हिन्छौ मिसकल ठोकी,सिकारीको चाल, सरी प्लीज सरी, झोर्ले है लगायतका दर्जनौ गितमा उनले अभिनय गरेकी छिन् । पार्वती राई नाच्नमा निकै माहिर छिन् पार्वती राई । मोडलको रुपमा उनले आफुलाई चिनाईसकेकी छिन् । एक पछी अर्को गीत उनको हातमा परिरहेका छन् । आफ्नो गजबको नृत्य देखाउन उनि धेरै स्टेज शोहरुमा पनि पुग्छीन् । व्यावसायिक रुपमा सफल मोडल पार्वतीले दर्जनौ गितहरुमा अभिनय तथा नृत्य गरिसकेकी छिन् ।

- See more at: http://aradioaudio.com/news/2321/%E0%A4%AF%E0%A5%80--%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D-%E0%A4%85%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%87%E0%A4%95%E0%A4%BE--%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B5%E0%A4%B8%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%95-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AE%E0%A5%8B%E0%A4%A1%E0%A4%B2%E0%A4%B9%E0%A4%B0%E0%A5%81-%E0%A5%A4/#sthash.VSSMJbxK.dpuf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?