Breaking News

आजैदेखि फोरजी पोस्टपेड मोबाइल प्रयोगकर्ताले यसरी चलाउन सक्ने

Feb Wed 2020 02:40:40

567 views

आजैदेखि फोरजी पोस्टपेड मोबाइल प्रयोगकर्ताले यसरी चलाउन सक्ने

फोर जी पुराना सिममा चल्दैन नयाँ सिम किनेरमात्र फोरजी चलाउनुपर्ने

काठमाडौं । नेपाल टेलिकमले आजदेखि औपचारिकरुपमा फोरजी/एलटिई (4G/LTE) प्रविधिको शुरुवात गरेको छ ।  कम्पनीले हाल नेपाल टेलिकमका पोस्टपेड मोबाइल फोन प्रयोगकर्ताहरुका लागि मात्र फोरजी सेवा दिने जानकारी दिएको छ । टेलिकमले १८०० मेगाहर्ज व्याण्डमा ५ मेगाहर्ज लिएर फोरजी सेवा शुरु गरेको हो । हाल यो सेवा काठमाडौं उपत्यका भित्र तथा पोखराका केहि क्षेत्रहरुमा मात्र उपलब्ध हुनेछ ।

हाल ३२.४ मेगाबाईट प्रति सेकेण्डमा डाटा प्रयोग गर्न सकिने एन्ड्रोयडमा आधारित फोरजी प्रविधिसहितका स्मार्टफोनहरुमा सेवा प्रयोग गर्न सकिन्छ

हाल बजारमा भएका अधिकांश एन्ड्रोयडमा आधारित फोरजी प्रविधिसहितका स्मार्टफोनहरुमा सेवा प्रयोग गर्न सकिन्छ भने एप्पलको आईफोन सिक्स तथा सेभेन संस्करणभन्दा तलका अर्थात आइफोन फोर तथा फाइभ संस्करणमा प्रयोग गर्न सकिन्छ । छिटै आइफोन सिक्स तथा सेभेनमा पनि फोरजी प्रयोग गर्न सकिने गरि कम्पनीसँग कुराकानी भईरहेको जानकारी पनि दिईयो ।

बजारमा भएका मध्ये १८०० मेगाहर्जको ब्याण्डविथमा आधारित स्मार्टफोनहरुमा प्रयोग गर्न सकिने तर बाहिरबाट आउने अन्य ब्याण्डका फोनहरुमा भने फोरजी चल्न नसक्ने बताईएको छ ।

यो प्रविधि प्रयोग गर्नका लागि प्रयोगकर्तासँग युनिभर्सन सिम हुनुपर्नेछ, पुराना सिम प्रयोगकर्ताहरुले भने नयाँ सिम किनेरमात्र फोरजी चलाउन सक्नेछन् ।

हाल टेलिकमका ३ लाख ५० हजार पोस्टपेड ग्राहकहरु रहेका र यसमध्ये करिब १ लाख ५० हजार प्रयोगकर्ताहरुसँग मात्र फोरजी चलाउन मिल्ने मोबाइल रहेको जानकारी दिईयो ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु१ प्रति मेगावाइटमा सेवा प्रयोग गर्न सक्नेछन भने पोस्टपेड प्रयोगकर्तालाई पहिलो ४ दिनसम्म ४ जीबीको डाटा छुट दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?