Breaking News

योग सिकाएर दुई वर्षमा अर्बौं डलर कमाउने भारतीय युवतीको रहस्यमय काहानी

Feb Tue 2020 05:40:59

523 views

योग सिकाएर दुई वर्षमा अर्बौं डलर कमाउने भारतीय युवतीको रहस्यमय काहानी

हालै फच्र्युन म्यागेजिनमा दर्ज भएका शक्तिशाली महिलाहरुमा भारतीय युवती पायल कडकियाको नाम पनि समेटियो । पायल कडकिया एक संस्था स्टार्टअप क्लासपासको सिइयो तथा को फाउन्डर हुन् । दुई वर्षअघि कडकियाले बनाएको डान्सिङ स्टार्टअप क्लासपास पछिल्लो समय अमेरिकामा अत्याधिक लोकप्रीय बनेको छ । योग सिकाएर दुई वर्षमा अर्बौं डलर कमाउने भारतीय युवतीको रहस्यमय काहानी जो अहिले ४० करोड डलरको बन्यो । क्लासपास यस्तो डान्स तथा फिटनेस विधि हो, जो युवायुवतिहरुले निकै मन पराउँछन् । खासमा क्लासपास योगमा केन्द्रित एउटा डान्स विधि हो । यही फिटनेस विधि बनाएर र सिकाएर पायल अत्याधिक रकम कमाउने महिलामा परेकी त छिन्, विश्वभरीकै शक्तिशाली महिलाको सुचीमा पनि अटाइन् ।   पायल जव तीन वर्षकी थिइन् त्यति बेला देखि नै उनीमा डान्सको सोख बढ्यो । पाँच वर्षको हुँदा उनी भारतीय क्लासिकल डान्सको प्रस्तुती दिन स्टेजमा उक्लिसकेकी थिइन् । म्याथ र फिजिक्स जस्ता गहन विषय लिएर हाई स्कुलको पढाइ सकेपछि पनि उनलाई डान्सको सोख चढिरह्यो । पायलका भारतीय आमा–बावु अमेरिकाको न्युजर्सीमा बसोबास गर्थे । उनीहरु भारतबाटै अमेरिका गएर बसोबास गर्दैआएका थिए । यस्तैमा पायलले एक एप्लिकेसन बनाइन् । जो क्यान्सरसँग लड्नका लागि उपयोगी एप्स भयो । जब उच्च शिक्षाको लागि एमआईटीमा पायल चुनिइन् र रिसर्चको तहसम्म पढाइ सकिन् । त्यतिबेलासम्म पनि उनले डान्स छोड्न भने सकेकी थिइनन् । यतिसम्म कि, आफ्नो विषयगत पढाई एमआईटीमा पनि एमआईटी डान्स ग्रुप बनाएर डान्ससँगको आफ्नो साइनो बढाइराखेकी थिइन् ।   एनआईटीबाट पायलले अपरेशन मेनेजमेन्ट एण्ड इकोनोमिक्समा डिग्री लिएपछि बेन एण्ड कम्पनीमा उनले जागिर सुरु गरिन् । बिहान ९ बजे देखि ५ बजेसम्म अफिसमा ब्यस्त हुन्थिन् उनी । अफिस समय सकिएपछि फेरि डान्समै समय दिन्थिन् उनले । यस्तो ब्यस्त समयमा पनि राती ८ देखि १० बजेसम्म डान्सको रिहर्सलमा ब्यस्त हुन्थिन् पायल । यो दौरानमा पायल बलिउडको डान्सिङ ग्रुपको साथमा डान्स गर्थिन् । केही समयपछि उनलाई वार्नर म्युजिक ग्रुपमा अर्को काम मिल्यो । हो । यही बेलादेखि पायलले भेट्टाइन् आफ्नो खास बाटो । सन् २००८ मा उनले सा डान्स कम्पनी सुरु गरिन् । पहिलोपटक उनको कम्पनीले एल्विन एलेमा पर्फम गर्ने अवसर पायो । जहाँ उनको पर्फमेन्स हेर्नकै लागि ठूलो भिड जम्मा भयो । र यो उनको एउटा सफलताको खुट्किलो पनि बन्यो । सन् २०१० मा सन फ्रान्सिस्कोमा उनले डान्स पर्फमेन्स गर्ने अवसर पाइन् त्यसपछि भने पायल निकै लोकप्रीय बनिन् । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?