Breaking News

शाखा घटाउ, कर्मचारी नहटाउ, बीमा समितिको निर्देशन

Jul Mon 2020 08:55:21

646 views

शाखा घटाउ, कर्मचारी नहटाउ, बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई कोरोना महामारीको विशेष परिस्थितिमा कर्मचारीलाई कामबाट ननिकाल्न निर्देशन दिएको छ । कोरोना भाइरस को कारण देखाउदै खर्च कटौति गर्न भन्दै कम्पनीहरुले कर्मचारी कटौति गर्न थालेपछि बीमा  समितिको यस्तो निर्देशन दिएको हो ।

बिमितलाई दिने सेवामा कुनै कमी नआउने गरी शाखा कार्यालय बन्द वा मर्ज गर्न आवश्यक भए बरु त्यसो गर्न भन्दै समितिले कर्मचारी कटौति भने नगर्न भनेको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अहिलेको परिस्थितिमा कम्पनीहरुलाई परेको समस्या समाधानका लागि समिति तयार भएपनि कर्मचारी कटौतिको विषयमा सोच्नसमेत नसकिने बताए ।

बीमा कम्पनीहरु पनि सकेसम्म कर्मचारी कटौति नगर्ने मुडमा छन् । तर, आम्दानी घटेर कम्पनी नै समस्या पर्ने अवस्था आएको अवस्थामा कम्पनी बचाउन सबै विकल्पमा सोच्नुपर्ने उनीहरुको भनाइ छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० चंकी क्षेत्री अहिले कर्मचारी कटौतिभन्दा पनि अन्य विकल्पका बारेमा गृहकार्य भइरहेको बताउँछन् ।

हिले कोरोना महामारीका कारण बीमा कम्पनीहरु मर्जमा जाने भन्दापनि कम्पनीहरु आफ्नै शाखाहरु मर्ज गर्न केन्द्रित देखिएका छन् ।

बीमा समितिले पनि कुनै कम्पनीलाई कुनै शाखा बन्द गर्नुपर्ने अवस्था आए नजिकको शाखामा गाभेर सेवा प्रवाह गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?