काठमाण्डौ । पूँजीबजार तथा मुद्रा बजारसम्बन्धी अध्ययन गर्न गठित अर्थसमितिको उपसमितिले तयार पारेको प्रतिवेदन आज शुक्रबार अर्थसमितिले पास गरेको छ । यो सँगै ब धितोपत्र दलाल व्यवसायी ९ब्रोकर०ले सेयर खरिदबिक्री गर्न नपाउने भएका छन् ।
यसअघि ब्रोकरहरुले आफ्नै ब्रोकरेज हाउसबाट सेयर खरिदबिक्री गर्न बन्देज भएतापनि अर्को ब्रोकर कम्पनीबाट भने वैद्य तवरले नै निर्वाध रूपमा सेयर खरिदबिक्री गर्दै आइरहेका छन् ।
ब्रोकरहरु संस्थागत नभएका र इन्साइडर ट्रेडिङ ब्रोकरबाट पनि हुने गरेको निश्कर्ष निकाल्दै अब उप्रान्त ब्रोकरलाई आफ्नो र परिवारको नामबाट सेयर खरिदबिक्री गर्न बन्देज गरिएको अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।