Breaking News

साधना लघुवित्तको आईपीओमा ८५ प्रतिशतलाई शेयर परेन, यसरी हेर्नुहोस्

Jul Mon 2020 09:23:40

818 views

साधना लघुवित्तको आईपीओमा ८५ प्रतिशतलाई शेयर परेन, यसरी  हेर्नुहोस्

काठमाडौं । साधना लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा भएको बाँडफाँडमा ६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन भने बाँकी आवेदकले सेयर प्राप्त गर्न सकेका छनन् । आईपीओमा आवेदन दिने आवेदकमध्य ८५ प्रतिशतभन्दा धेरैको हात खाली भएको छ ।

Check IPO Result of Sadhana Laghubitta Bittiya Sanstha Limited

लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । लघुवित्तको आईपीओमा साधारण सेयर भरेका ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो । कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको थियो । 

लघुवित्तको आईपीओमा कुल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदनबाट १ करोड ९ लाख ९९० कित्ता सेयर खरिदको लागि आवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?