Breaking News

डिसहोमको २३ लाख कित्ता आइपीओ रु १०० रुपैयाँकै दरमा आउदै

Jul Mon 2020 10:28:23

1205 views

डिसहोमको २३ लाख कित्ता आइपीओ रु १०० रुपैयाँकै दरमा  आउदै

काठमाडौं । डिस होम (टेलिभिजन प्रदायक कम्पनी) ले २० करोड रुपैयाँ बराबरको सार्वजनिक शेयर (आर्इपीओ)निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  अहिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनले त्यसको १० प्रतिशत आइपीओ निष्कासन गर्ने जनाएको हो । 

डिसहोमको आइपीओ १०० रुपैयाँ अंकित दरकै निश्कासन हुनेछ । २३ लाख कित्ता हाराहारीको आइपीओ निश्कासन गर्ने योजना रहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।। 

यो कम्पनीमा ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । सूचना प्रविधी क्षेत्रको पहिलो पब्लिक कम्पनी डिस होम २०७३ गत असार १८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीवाट पब्लिक कम्पनीमा दर्ता भएको थियो । कम्पनीले यस अघिनै धितापत्र बोर्डबट आर्इपीओ जारी गर्नका लागि यो हप्ता स्वीकृती पाउने बोर्डले जनाएको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?