Breaking News

१५ म्युचुअल फण्डले लाभांश घोषणा गरे, सिटीजन्स म्युचुअल फण्ड १ ले १५ प्रतिशत नगद लाभांश दिने

Sep Fri 2020 01:52:23

1177 views

१५ म्युचुअल फण्डले लाभांश घोषणा गरे,  सिटीजन्स म्युचुअल फण्ड १ ले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास असोज ८ गतेसम्म १५ वटा म्युचुअल फण्डहरूले आफ्नो लाभांश घोषणा गरेका छन् । कम्पनीहरूले गत आव २०७६/७७ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । १५ ओटा म्युचुअल फण्डहरुमध्ये सबैभन्दा बढी सिटीजन्स म्युचुअल फण्ड १ ले आफ्ना इकाई  धनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

१५ ओटा म्युचुअल फण्ड मध्ये ९ ओटा फण्डले बुक क्लोज गरिसकेका छन् । बुक क्लोज गरेका एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ र एनआइबिएल प्रगति फण्डले नगद लाभांश इकाईधनीको बैंक खातामा पठाएका छन् । 

सिटीजन्स म्युचुअल फण्ड १ र २ ले असोज १५ गते बुक क्लोज गर्ने भएका छन् । दुबै फण्डले असोज १४ गतेसम्म कायम इकाई धनीले योजनाले प्रस्ताव गरेको लाभांश पाउनेछन् । त्यसैगरी एनएमबि हाइब्रिड फण्ड १ र एनएमबि  ५० ले असोज १६ गते बुक क्लोज गरेसँगै असोज १५ गतेसम्मका इकाई धनीले इकाई कायम गर्नु पर्नेछ । ग्लोबल आइएमई समुन्नत स्किम १ को असोज ९ गते भोलि बुक क्लोज हुँदैछ । सनराइज फस्र्ट म्युचुअल फण्डको असोज ११ गते बुक क्लोज गरेसँगै इकाईधनीले असोज १० गतेसम्म इकाई कायम हुनेछ ।

सिटिजन्स म्युचुअल फण्ड २ ले १० प्रतिशत नगद लाभांश दिने भएको छ भने एनआइबिएल समृद्धि फण्डले  १२, एनआईएसी एशिया ग्रोथ फण्डले १२, नबिल ब्यालेन्सड् फण्ड २ ले ९ प्रतिशत नगद लाभांश दिने भएको छ । 

एनआइबिएल सहभागिता फण्डले ८.२५ प्रतिशत, एआइबिएल एशिया ब्यालेन्स फण्ड र एनएमबि हाइब्रिड फण्ड १ ले ८.८ प्रतिशत लाभांश दिने भएका छन् । त्यसैगरी सिद्धार्थ इक्विटी फण्डले ७.५, सनराइज फस्र्ट म्युचुअल फण्डले ७ , नबिल इक्विटी फण्डले ६ प्रतिशत लाभांश आफ्ना इकाई  धनीलाई दिने घोषणा गरेका हुन् । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र एनएमबि ५० ले ५/५ प्रतिशत लाभांश दिने भएका हुन् । लक्ष्मी इक्विटी फण्डले ४.२५ र ग्लोबल आईएमई समुन्नत स्मिक १ ले ४ प्रतिशत लाभांश दिने भएको छ । 

सूचीकृत १७ ओटा म्युचुअल फण्डमध्ये सानिमा इक्विटी फण्ड र एनआइबिएल प्रगति फण्डले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?