काठमाडौं । माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको छ । २० औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको छ ।
ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापनाकाल देखि नै समयानुकुल परिस्कृत र परिमार्जित सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको बैंकले २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित बिभिन्न नयाँ ६ वटा स्मार्ट सेवाहरु तथा योजनाहरु एकैसाथ सञ्चालनमा ल्याएको छ ।
बैंकले नेपालमा नै पहिलो पटक वीच्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुले क्युआरकोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहक महानुभावहरुले स्मार्ट वेवसाईट मार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।