काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको पहिलो दिन आज (आइतबार) बढेको छ । आज नेप्से १४.९१ अंकले बढेर १ हजार ५८५ दशमलव ९५ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार आइतबार २ अर्ब ९४ करोड ८३ लाख ६४ हजार २९२ रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्डबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।
९८ लाख ९७ हजार ४५ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएकामध्ये हाइड्रोपावर र म्युचुअल फन्ड समूहबाहेक बाँकी सबै माथि लागेका छन् । उत्पादनमूलक समूह सबैभन्दा बढी १४५.२६ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक पनि १५.५६ विन्दुले माथि लागेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको भाउ सबैभन्दा धेरै ९.८४ प्रतिशतले बढेको छ । यसैगरी, प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्तको मूल्य पनि ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । खदिरबिक्री रकम शिवम अग्रस्थानमा छ । यसको २५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यसैगरी, दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा एनसीसी बैंक रहेका छन् । यस दिन ९२ कम्पनीको भाउ बढेको छ भने ६३ वटाको घटेको छ ।