काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मुनाफाबाट चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र कर सहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कार्तिक ३ गते सोमबार बसेको बैंकको ३४५ औं सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
कले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीलाई १५ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद) वितरण गरेको थियो ।
बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता गरी प्रकृया अघि बढाएकाे छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हाे ।
बैंकले हाल १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।