Breaking News

पहिलो त्रैमासमा कुन बैंकको कतिले कमाए ? एनआइसी एशिया पहिलो

Oct Tue 2020 07:29:00

1049 views

पहिलो त्रैमासमा कुन बैंकको कतिले कमाए ?  एनआइसी एशिया पहिलो

 २७ वाणिज्य बैंकहरुमध्ये २३ वटा वाणिज्य बैंकले असार मसान्तको तुलनामा ०.८९ प्रतिशतदेखि १७.४१ प्रतिशतसम्मले निक्षेप संकलन बढाएका छन् । साथै सो अवधिमा २२ वटा वाणिज्य बैंकहरुले ०.०४ प्रतिशतदेखि १७.१९ प्रतिशतसम्म कर्जा प्रवाह वृद्धि गरका छन् ।


संघबाट उपलब्ध तथ्यांकअनुसार उक्त अवधिमा व्यवसाय विस्तारमा सबैभन्दा अगाडि एनआइसी एशिया बैंक छ । पहिलो त्रैमासमा नै बैंकले २९ अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।


गत असार मसान्तसम्म बैंकले १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमा बै.कले १७. १९ प्रतिशतले वृद्धि गरी असोज मसान्तसम्म २ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ पुर्याएको हो ।


यसैगरी, कर्जा विस्तारमा आक्रमक हुनेमा प्रभु बैंक दोस्रो नम्बरमा छ । बैंकले पहिलो त्रैमासमा नै १५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असार मसान्तसम्म बैंकले १ खर्ब ३ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमा बैंकले १५ प्रतिशतले वृद्धि गरी असोज मसान्तसम्म १ खर्ब १८ अर्ब ५६ करोड रुपैयाँ पुर्याएको हो ।


चालु आवको पहिलो त्रैमासमा कर्जा विस्तार बढी गर्ने बैंकहरुको तेस्रो नम्बरमा एनएमबी बैंक रहेको छ । पहिलो त्रैमासमा नै बैंकले १२ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असार मसान्तसम्म बैंकले १ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जसमा बैंकले ९.९९ प्रतिशतले वृद्धि गरी असोज मसान्तसम्म १ खर्ब ३३ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको हो ।


सो अवधिमा निक्षेप संकलनतर्फ सबैभन्दा १७ प्रतिशतले सिभिल बैंक वृद्धि अर्थात् १० अर्ब ४७ करोड रुपैयाँ गरेको छ । बैंकले पहिलो त्रैमासमा १७ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै सो अवभिमा बैंकले ९.५७ प्रतिशतले कर्जा प्रवाह वृद्धि गरेको छ ।


गत असार मसान्तसम्म ५३ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले ३ महिनामा नै ५ अर्ब १५ करोड रुपैयाँले कर्जा लगानी बढाएर ५८ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको हो ।


गत आवको असार मसान्त यता चालु आवको पहिलो त्रैमासमा सेञ्चुरी बैंक १७.१४ प्रतिशतले निक्षेप संकलन र ९.५२ प्रतिशतले कर्जा लगानी बढाएको छ । बैंकले ३ महिनामा १२ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?