Breaking News

पहिलो त्रैमासमा कुन बैंकको नाफा कति घट्यो हेर्नुहोस्

Oct Wed 2020 04:33:04

949 views

पहिलो त्रैमासमा कुन बैंकको नाफा कति घट्यो हेर्नुहोस्

चालु आवको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ५४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपालमा गत वर्षको चैतदेखि शुरु भएको कोरोना कहरले ५ वटा वाणिज्य बैंकको व्यवसाय घटाएको छ । असार मसान्तयता असोज मसान्तसम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकको १४.०५ प्रतिशतले अर्थात् १३ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन र ७.१६ प्रतिशत अर्थात् ४ अर्ब १२ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ । आसार मसान्तसम्म बैंकले ९९ अर्ब ११ करोड निक्षेप संकलन गरी ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । जुन असोज मसान्तमा आइपुग्दा ८८ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा प्रवाह ५३ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ ।

यस्तै, सो अवधिमा नेपाल एसबीआई बैंकको ३.५६ प्रतिशत कर्जा लगानी घटेको छ । बैंकले गत असार मसान्तसम्म ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरकोमा ३ महिना अर्थात् असोज महिनामा आइपुग्दा ३ अर्ब ३६ करोड रुपैयाँले घटेर ९० अर्ब ९५ करोड रुपैयाँमा सीमित भएको छ । साथै सो अवधिमा हिमालयन बैंकको ३.११ प्रतिशत, नेपाल बंगलादेश बैंकको १.२५ प्रतिशत र लक्ष्मी बैंकको १.५८ प्रतिशतले कर्जा प्रवाह घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?