Breaking News

४ बैंक तथा बित्तिय संस्थाले धितो र ब्याज रहित १८ महिनाका लागि ऋण दिने

Oct Thu 2020 09:34:14

1305 views

४ बैंक तथा बित्तिय संस्थाले धितो र ब्याज रहित १८ महिनाका लागि ऋण दिने

काठमाण्डौ । एनएमबि, लक्ष्मी बैंक, स्विस सरकार विकास सहयोग (एसडीसी) र वान टु वाचको साझेदारीमा कोभिड–१९ एमएसएमई कोषको घोषणा गरेका छन् । यो कोषको मूल उद्देश्य कोभिड–१९ बाट प्रभावित लद्यु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ । 

कोषबाट व्यवसायहरुलाई छोटो अवधिका लागि कर्जा प्रदान गर्नुका साथै व्यवसायअनुकूल परामर्श र तालिम पनि प्रदान गरी व्यवसायको दीर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्ने रहेको छ। यो कोषद्वारा करिब १०० व्यवसायलाई सहयोग पुर्याउने र करिब १ हजार रोजगारी जोगाउने अपेक्षा गरिएको जनाइएको छ । 

कोभिड–१९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिनासम्मका लागि ब्याज पनि मिनाहा गरिने जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, व्यवसायहरुमध्ये छनोटमा परेका व्यवसायीहरुले आफ्नो व्यवसायअनुकूल परामर्श पनि प्राप्त गर्ने संस्थाको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?