Breaking News

आजदेखि कात्तिक ११ गतेसम्म सबै वाणिज्य बैंकका शाखा बन्द

Oct Thu 2020 09:36:38

609 views

आजदेखि कात्तिक ११ गतेसम्म सबै वाणिज्य बैंकका शाखा बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरूले आज (शुक्रवार)देखि ११ गतेसम्म आफ्ना शाखाहरू बन्द गर्दै छन् । गतवर्ष दशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकहरूले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैकिङ सेवा दिंदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको यसअघि नै बताइएको छ । संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको हुने जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?