हालसम्म ५ वटा बैंकले लाभांश वितरणको घोषणा गरेका छन्भ ने केही बैंकले लाभांश घोषणा गर्नको लागि साधारणसभा बोलाएका छन् । लाभांश घोषणा गरेका बैंकहरूमध्ये एनआईसी एशिया बैंकको अग्रणी स्थानमा रहेको छ भने सिटिजन इन्टरनेशनल बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेको छ । अन्य बैंकको लाभांश भने २० प्रतिशतभन्दा कम र १० प्रतिशतभन्दा बढी लाभांश दिने घोषणा गरेका छन् ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको केही समय अघि बसेको संचालक समितिको ४६० औं बैठकले आव २०७६÷ ७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
बैंकले १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी २३ औं वार्षिक साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाइ वितरण गरिने बैंकले जनाएको छ ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १३.६० प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २७ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ छ ।
सिटिजन इन्टरनेशनल बैंक
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले असार मसान्तसम्म कायम चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने रकम ६९ करोड ९९ लाख १५ हजार ९३१ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र ३.३० प्रतिशतका दरले हुन आउने रकम २९ करोड ९९ लाख ६३ हजार ९७० रुपैयाँ ५६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।
कुमारी बैंक
कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको बुधबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको विहीबार बसेको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७६र७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६र०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको गत बिहीबार बसेको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।