Breaking News

वाणिज्य बैंक सहित ४१ कम्पनीले लाभांश घोषणा गरे , कुनको कति ?

Oct Sat 2020 03:54:20

939 views

वाणिज्य बैंक सहित ४१ कम्पनीले लाभांश घोषणा  गरे , कुनको कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४१ कम्पनीहरुको लाभांश घोषणा गरेका छन् ।

युनिलिभर नेपाल लिमिटेडले सबैन्दा धेरै १०० प्रतिशत लाभांश घोषणा गरेको छ । दोस्रो स्थानमा रहेको समता लघुवित्तले २६.३२ र तेस्रो शिवम् सिमेन्टसले २४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । २४ कम्पनीले १० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा कम सेञ्चुरी क्यापिटल, ग्लोबल आईएमई समुन्नत योजना १, र कुमारी क्यापिटलले समान ४ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

सेञ्चुरी क्यापिटल र कुमारी क्यापिटलले पनि ४ प्रतिशत लाभांश घोषणा गरेको भएपनि सो संस्थामा सर्वसाधारणको लगानी नरहेकाले ग्लोबल आईएमई समुन्नत योजना १ नै हालसम्मको सबैभन्दा थोरै लाभांश घोषणा गर्ने कम्पनी बनेको छ ।

एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे गरी सात वाणिज्य बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरिसकेका छन् ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये युनिलिभर नेपाल, एनआईसी एशिया बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, सानिमा इक्वीटी फण्ड, समता लघुवित्त, फस्ट माइक्रोफाइनान्स, नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, आशा लघुवित्त, आरएसडिसी, सानिमा बैंक, र सिटिजन्स बैंकको शेयर खरीद गर्ने लगानीकर्ताले अझै लाभांश पाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?