Breaking News

तिहारको बिदामा डिजिटल बैंकिङ्ग सेवा मार्फत कारोबार गरिने

Nov Tue 2020 02:34:03

1600 views

तिहारको बिदामा डिजिटल बैंकिङ्ग सेवा मार्फत कारोबार गरिने

काठमाडौं, तिहारको विदामा ३ दिन बैंकहरु नखुल्ने भएका छन् । नेपाल बैंकर्स संघले तिहारको विदामा कार्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म गरि ३ दिन बैंकका शाखाहरु नखुल्ने जनाएको हो ।

संघले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएकोले शाखा नखोल्ने निर्णय गरेको बताएको छ । संघका अनुसार हालसम्म वाणिज्य बैंकका ६ हजार धेरै कर्मचारीहरु संक्रमित भईसकेका छन् ।

संघले शाखा बन्द हुने भएपनि डिजिटल बैंकिङ सेवा सुचारु रहने जनाएको छ । अघिल्ला वर्षहरुमा भने तिहार विदाको समयमा पनि बैंकका सिमित शाखाहरु खुल्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?