Breaking News

माछापुच्छ्रे बैंकले उत्कृष्ट देउसी भैलो डिजिटल भिडियोलाई रु ५० हजार दिने

Nov Fri 2020 05:10:05

1031 views

माछापुच्छ्रे बैंकले उत्कृष्ट देउसी भैलो डिजिटल भिडियोलाई रु ५० हजार दिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ । देउसी भैलोमा सहभागिहुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामाआधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदानगरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ । कोरोनाभाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमागएर देउसि भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेकाव्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमाल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?