Breaking News

भारतीय बैंकर्सहरु मालामाल बने, दिपावलीमै १५ प्रतिशतले बढ्यो तलब

Nov Sat 2020 05:39:23

980 views

भारतीय बैंकर्सहरु  मालामाल बने,  दिपावलीमै १५ प्रतिशतले बढ्यो तलब

काठमाडौं ।  भारतीय बैंकर्सहरुको तलब बढ्ने भएको छ । भारतीय बैंक संघ (आईबीए) र बैंक कर्मचारी तथा अफिसर्स युनियनबिच सम्झौता भएसँगै अब बैंकर्सको तलब १५ प्रतिशतले वृद्धि हुने भएको हो ।

नयाँ सहमति अनुसार उनीहरुको तलब यसै महिना अर्थात नोभेम्बरदेखि नै लागु हुनेछ । सहमति पत्रमा ११ औं  दिपक्षीय बृद्धि वार्ता पूरा गर्ने घोषणा गरिएको छ ।

बैंकका कर्मचारीहरुको तलब बढाउने बारे विभिन्न समयमा वार्ता हुने गरे पनि अहिलेसम्म वार्ताले सार्थकता पाउन सकेको थिएन । तर यस पटकको वार्ता भने सार्थक बनेको छ ।

आईबीएका प्रमुख कार्यकारी अधिकारी सुनील मेहताले भारतीय बैंक युनियनले ११ औं द्विपक्षीय वृद्धीकरण वार्ता घोषित गरेको जानकारी गराएका छन् ।

यो तलब वृद्धीबाट सरकारी बैंकका ३.७९ लाख अधिकारी, ५ लाख कर्मचारी, पूराना बैंकका कर्मचारीहरु लाभान्वित हुनेछन् । यसले २९ बैंकका कर्मचारीलाई फाइदा हुनेछ । यसमा १२ सरकारी बैंक, १० निजी बैंक र ७ विदेशी बैंक रहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?