काठमाडौं । नेपालको सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो अहिलेसम्मकै सर्वाधिक कारोबार रकम हो । यो दिन नेप्से मापन गर्ने सूचक ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा रोकिएको छ । १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५०७ कित्ता किनबेच भएको छ ।
बुधबार १९४ कम्पनीको १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता सेयर ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँमा किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको atfP ।
नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन् । सेयर कारोबार मापक नेप्से परिसूचक पनि ३० अंक माथिले बढेको छ । बजारमा उल्लास देखिए पछि सेयर बजारका लगानीकर्ताहरु खुसी भएका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बिहीबारको कारोबारले लगानीकर्ताहरुलाई थप हौसला प्रदान गरेको बताउँछन् ।
कुनै बेलामा झरेर ११ सयमा पुगेको नेप्से परिसूचक अहिले १८ सय नजिक पुगेको छ । अब बजार पहिलेको अवस्थामा नझर्ने रौनियार बताउँछन् । बजार करेक्शन हुनका लागि कहिले काहि घटेपनि पुरानै अवस्थामा नफर्कने उनको अनुमान छ ।
नेप्से ३६ अंकले बढ्यो
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ ।
दिनभर भएका ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीका १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ पुगेको छ । यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।