Breaking News

बढ्दो शेयर बजारमा सजगतापूर्वक लगानी गर्न र हल्लाको पछि नलाग्न धितोपत्र बोर्डको आह्वान

Nov Mon 2020 04:30:16

858 views

बढ्दो शेयर बजारमा सजगतापूर्वक लगानी गर्न र हल्लाको पछि नलाग्न धितोपत्र बोर्डको आह्वान

काठमाण्डौ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बढ्दो बजारमा सजगतापूर्वक लगानी गर्न आह्वान गरेको छ । 

प्रवक्ता निरज गिरीले एक विज्ञप्ति प्रकाशित गर्दै हल्ला र अनुमानको पछाडि नलागी सेयर बजारमा लगानी गर्न आह्वान गरेका हुन् । 

विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र र सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवम् लगानीकर्ताको जोखिम अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्नसक्ने क्षमता तथा आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

बोर्डले लगानीकर्ताहरुले पूँजीबजारका केही स्थापित मूल्य र मान्यताअनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचकलगायतका विवरणहरुको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने पनि प्रष्ट पारेको छ ।

पछिल्ला केही दिनमा नेप्सेमा बनेका कीर्तिमान र उछालको अवस्थाप्रति बोर्डले खुशी समेत व्यक्त गरेको छ । ‘बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोवार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य बृद्धि भएको छ।’ विज्ञप्तिमा भनिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?