Breaking News

एकै दिन पुनर्बीमा कम्पनीको १ अर्ब माथि कारोवार, बेच्नेभन्दा किन्ने बढी लाइभ रिपोर्ट हेर्नुहोस्

Dec Sat 2020 11:22:18

823 views

एकै दिन पुनर्बीमा कम्पनीको १ अर्ब माथि कारोवार, बेच्नेभन्दा किन्ने बढी लाइभ रिपोर्ट हेर्नुहोस्

काठमान्डौ। नेपाल पुनर्बीमा कम्पनीको मंसिर १ ८ गते  एकै दिन १ अर्ब माथिको कारोवार भएको छ । मंसिर १८ गते नेप्सेमा जम्मा ८ अर्ब २ करोडको कारोवार भएकोमा नेपाल पुनर्बीमाको मात्र १ अर्ब ११ करोडको कारोवार भएको हो । नेपाल पुनर्बीमा कम्पनीको बजार मूल्यमा आज थोरै करेक्सन देखिएको छ। कम्पनीको बजार मूल्य २३ रुपैयाँले घट्दै १७३५ प्रति कित्ता बजार मूल्य बन्द भएको छ ।

नेपाल पुनर्बीमाको कारोवारमा दुई ब्रोकर ५९ र ६ नम्बर ब्रोकर आक्रामक थिए । ब्रोकर नम्बर ५९ बाट १८ करोड ३३ लाख बराबरको पुनर्बीमाको शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ६ बाट पुनर्बीमाको १६ करोड ३८ लाख बराबरको शेयर बिक्री भएको छ।

त्यस्तै दोश्रोमा ३३ नम्बर ब्रोकरबाट ५ करोड ४१ लाख बराबरको शेयर खरिद भएको छ भने ब्रोकर नम्बर ५८ बाट ५ करोड ४२ लाख बराबरको पुनर्बीमाको शेयर बिक्री भएको छ । यसरी आजको फ्लोरसिट हेर्दा पुनर्बीमामा सन्तुलित फ्लोरसिट देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?