Breaking News

ब्रोकर कसिसन घट्यो, पुस १२ गतेदेखि लागू हुने

Dec Sat 2020 07:23:54

967 views

ब्रोकर कसिसन घट्यो, पुस १२ गतेदेखि लागू हुने

काठमाडौं ।  ब्रोकर कमिसन घटेको छ । धितोपत्र बोर्डका अनुसार संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.४० प्रतिशत, ५० हजार भन्दामाथि ५ लाख सम्मको कारोवारमा ०.३७ प्रतिशत, ५ लाखभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोवारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोवारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोवारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्ने भएको छ ।

अहिले लगानीकर्ताहरुले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । जसमा ५० हजारसम्मको कारोबार गर्दा ०.६, ५० हजार १ रुपैयाँ देखि ५ लाखसम्म ०.५५, ५ लाख १ रुपैयाँदेखि २० लाखसम्म ०.५, २० लाख १ रुपैयाँ देखि १ करोडसम्म ०.४५ र १ करोड १ रुपैयाँभन्दामाथीको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका छन् ।

अब लगानीकर्ताहरुले रू. ५० हजारसम्मको शेयर कारोबारमा शून्य दशमलव ४० प्रतिशत, रू. ५० हजारभन्दा माथी रू. ५ लाखसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत, रू. ५ लाखभन्दा माथी रू. २० लाखसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत, रू. २० लाखभन्दा माथी रू. १ करोडसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत र रू. १ करोडभन्दा माथीको कारोबारमा शून्य दशमलव २७ प्रतिशत ब्रोकर कमिसन कायम गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?