Breaking News

२१३ वटा वित्तीय संस्था मर्ज भए, १६१ संस्थाको इजाजत खारेज

Mar Wed 2021 03:19:30

1106 views

२१३ वटा वित्तीय संस्था मर्ज भए, १६१ संस्थाको इजाजत खारेज

काठमाडौं ।   बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात २०७७ माघ मसान्तसम्म कुल २१३ बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । 

यसमध्ये १६१ संस्थाहरुको इजाजत खारेज हुन गई ५२ संस्था कायम भएका छन्। वित्तीय पहुँच कुल ७५३ स्थानीय तहमध्ये २०७७ माघसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७६ माघसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए  । 

२७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ माघ मसान्तमा १०,३६६ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको  छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?