काठमाडौं । सञ्चालनमा रहेको २७ वाणिज्य बैंकले फागुन महिनामा ३९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
माघ मसान्तमा ३७ खर्ब ८६ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा फागुन मसान्तसम्म १.०५ प्रतिशतले वृद्धि गरेर बैंकहरुले ३८ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ पुर्याएका हुन् ।
साथै, माघ मसान्तमा ३३ खर्ब १७ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका बैंकहरुले फागुन मसान्तसम्म २.८३ प्रतिशतले वृद्धि गरेर ३४ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ पुर्याएको नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकले देखाएको छ ।
माघ मसान्तदेखि फागनु मसान्त एक महिनाबीचमा बैंकहरुले विजनेशको ग्रोथलाई प्रतिशतको आधारमा हेर्दा सबै बैंकहरु कर्जा प्रवाहमा आक्रमक भएको देखिन्छ ।
सानिमा बैंकः माघ मसान्तमा १ खर्ब १४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ५.९१ प्रतिशतले वृद्धि गरेर १ खर्ब २० अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब ७ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.७२ प्रतिशतले थप गरी १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ ।
सेञ्चुरी बैंकः माघ मसान्तमा ८३ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ४.८२ प्रतिशतले वृद्धि गरेर ८७ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ७३ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ०.१९ प्रतिशतले थप गरी ७३ अर्ब ९३ करोड रुपैयाँ पुर्याएको छ ।
सनराइज बैंकः माघ मसान्तमा ९८ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ४.५५ प्रतिशतले वृद्धि गरेर १ खर्ब २ अर्ब ६९ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ८९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ४.३४ प्रतिशतले थप गरी ९३ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।
एनआइसी एशियाः माघ मसान्तमा २ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ४.३८ प्रतिशतले वृद्धि गरेर २ खर्ब ८७ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा २ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.८७ प्रतिशतले थप गरी २ खर्ब ५२ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ ।
सिभिल बैंकः माघ मसान्तमा ७८ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ३.७६ प्रतिशतले वृद्धि गरेर ८१ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ७१ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ५.५० प्रतिशतले थप गरी ७५ अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ ।
माछापुच्छ्रे बैंकः माघ मसान्तमा १ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.६४ प्रतिशतले वृद्धि गरेर १ खर्ब २५ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब १० अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.१४ प्रतिशतले थप गरी १ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ ।
नेपाल बंगलादेश बैंकः माघ मसान्तमा ७० अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.५७ प्रतिशतले वृद्धि गरेर ७२ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ६४ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.७१ प्रतिशतले थप गरी ६५ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ ।
सिद्धार्थ बैंकः माघ मसान्तमा १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.५७ प्रतिशतले वृद्धि गरेर १ खर्ब ७० अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब ४८ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.०१ प्रतिशतले थप गरी १ खर्ब ५२ अर्ब ५० करोड रुपैयाँ पुर्याएको छ ।
प्राइम बैंकः माघ मसान्तमा १ खर्ब ३५ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा २.५० प्रतिशतले वृद्धि गरेर १ खर्ब ३९ अर्ब ७ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब २७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.३८ प्रतिशतले थप गरी १ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ ।
ग्लोबल आइएमइ बैंकः माघ मसान्तमा २ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा १.३० प्रतिशतले वृद्धि गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा २ खर्ब १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.४४ प्रतिशतले थप गरी २ खर्ब २७ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ ।
एनसीसी बैंकः माघ मसान्तमा ९९ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.९९ प्रतिशतले वृद्धि गरेर १ खर्ब ६० करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ८४ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.७२ प्रतिशतले थप गरी ८६ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ ।
बैंक अफ काठमाण्डूः माघ मसान्तमा ९४ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.९४ प्रतिशतले वृद्धि गरेर ९५ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ९१ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.२५ प्रतिशतले थप गरी ९४ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।
सिटिजन्स बैंकः माघ मसान्तमा १ खर्ब ८ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.८४ प्रतिशतले वृद्धि गरेर १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ९१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ४.६० प्रतिशतले थप गरी ९६ अर्ब १० करोड रुपैयाँ पुर्याएको छ ।
मेगा बैंकः माघ मसान्तमा १ खर्ब ३८ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.३८ प्रतिशतले वृद्धि गरेर १ खर्ब ३९ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ०.६६ प्रतिशतले थप गरी १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।
लक्ष्मी बैंकः माघ मसान्तमा १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.३६ प्रतिशतले वृद्धि गरेर १ खर्ब ७ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ९९ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा १.०४ प्रतिशतले थप गरी १ खर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकः माघ मसान्तमा ८४ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.३३ प्रतिशतले वृद्धि गरेर ८४ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा ५९ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ५.८६ प्रतिशतले थप गरी ६३ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।
प्रभु बैंकः माघ मसान्तमा १ खर्ब ६६ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.२६ प्रतिशतले वृद्धि गरेर १ खर्ब ६६ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा ३.९० प्रतिशतले थप गरी १ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।
एनएमबी बैंकः माघ मसान्तमा १ खर्ब ५१ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.२६ प्रतिशतले वृद्धि गरेर १ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब ४२ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.७१ प्रतिशतले थप गरी १ खर्ब ४६ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ ।
नेपाल बैंकः माघ मसान्तमा १ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले फागुन मसान्तमा ०.०४ प्रतिशतले वृद्धि गरेर १ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ ।
साथै, माघ मसान्तमा १ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले फागुन मसान्तमा २.०९ प्रतिशतले थप गरी १ खर्ब २८ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।