Breaking News

शेयर कारोबार गर्न कसरी खोल्ने टीएमएस, यस्तो छ सहज प्रक्रिया

May Sat 2021 09:48:21

1586 views

शेयर कारोबार गर्न कसरी खोल्ने टीएमएस, यस्तो छ सहज प्रक्रिया

टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट सेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ ।

परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा शेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै शेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन ।

लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी शेयर कारोबार गर्न सक्छन् ।

कुनै ब्रोकरमा टीएमएसको सम्पूर्ण काम अनलाइनबाटै हुन्छ भने कुनैमा केवाईसी फाराम बुझाउन जानुपर्ने हुन्छ । केवाईसी फाराम भने अनलाइनबाट पनि अपलोड गर्न सकिन्छ ।

यसरी भर्नुहोस् टीएमएस

टीएमएस भर्नको लागि पहिला आफुलाई चाँहिने अवश्यक कागजपत्र तयार परेर बस्ने । जसको लागि केवाईसी फाराम, नागरिकताको प्रतिलिपि, डीपी आइडी, हस्ताक्षर, तस्विर र तपाइको परिचयपत्र खुल्ने कुनै कार्ड वा नागरिकता लिएर खिचिएको सेल्फी फोटोको अवश्यकता पर्छ ।

त्यसपछि https://tms49.nepsetms.com.np/login मा गएर क्लिक गर्ने (उदाहरणको लागि यो लिंक दिइएको हो) तपाइले नेपालमा रहेको जुनसुकै ब्रोकरबाट यो सेवा लिनसक्नु हुनेछ । ब्रोकर कार्यालयलाई उनीहरुको नामसँगै १, २, ३ जस्ता नम्बरले पनि चिनिन्छ ।

त्यसपछि न्यु रजिष्ट्रेसन अनलाइन टेड्रिङमा क्लिक गर्ने । त्यसपछि ६ वटा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। जसमा जनरल डिटेल्स, एड्रेस डिटेल्स, इन्डिभिजुअल डिटेल, बैंक डिटेल्स, डिपोजेटरी डिटेल्स र डकुमेन्टस् डिटेल्स समावेश हुन्छन्।

जनरल डिटेल

यसमा इ–मेल एड्रेस, फोन नम्बर, पान नम्बरलगायत भर्नुपर्ने हुन्छ। यो भर्नका लागि पान नम्बर भने अनिवार्य छैन। एड्रेस डिटेलमा स्थायी तथा अस्थायी ठेगाना भर्नुपर्छ।

एड्रेस डिटेल

एड्रेस डिटेलमा तपाइको स्थायी बसोबास भएको सम्पूर्ण ठेगाना भर्नु पर्नेछ । जस्तै:- प्रदेश, जिल्ला, पालीका र वडा अनिर्वाय गरिएको हुन्छ ।

इन्डिभिजुअल डिटेल

यो भर्दा अलि होस पुर्याउनुपर्छ। यहाँ धेरैले गल्ती गरेको पाइन्छ । यसमा जन्म मिति र नागरिकता जारी मिति भर्दा अंग्रेजी मिति नै राख्नुपर्ने हुन्छ । अन्यथा सिस्टमले स्वीकार गर्दैन । यसमा बुबा र हजुरबुबाको नाम पनि अनिर्वाय गरिएको हुन्छ ।

बैंक डिटेल

यसमा आफ्नो बैंकको खाता नम्बर र बैंकको ठेगाना मात्र राखे पुग्दछ ।

डिपोजेटरी डिटेल

यसमा आफ्नो १६ अंकको बैंक तथा ब्रोकरले उपलब्ध गराएको डीपी (डिम्याट) नम्बर भर्नुपर्छ।

डकुमेन्टस् डिटेल

यसमा नागरिकताको प्रतिलिपि, केवाईसी फाराम र फोटो, सेल्फी फोटो, हस्ताक्षर अपलोड गर्नुपर्छ। त्यसपछि समिटमा गएर क्लिक गर्नु पर्नेछ ।

त्यसको केहि दिनमा तपाइलाई इ–मेल प्राप्त भएपछि आफूले पासवर्ड परिवर्तन गरी टीएमएस सहज तरिकाले चलाउन सकिन्छ। पासवर्ड राख्दा अगाडिको अक्षर ठूलो र अंक–अक्षर र (सिम्बोल) @$* प्रयोग गरी पासवर्ड राख्नुपर्छ।

यसरी युजर नेम र पासवर्ड आइसकेपछि तपाईंसँग भएको शेयर बिक्री गर्नका लागि कुनै समस्या हुनेछैन् ।

तपाईंले विदाको दिन बाहेक आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार गर्न सक्नुहुन्छ । त्यसबाहेक ती दिनमा विहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्मको १५ मिनेटको समयमा प्रि–ओपन सेसनमा पनि कारोबार गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?