Breaking News

अब बुल हुने पालो बैंकको, हाइड्रोबाट लगानीकर्ता बैंकमा सिफ्ट

Jun Fri 2021 04:37:25

1353 views

अब बुल हुने पालो बैंकको, हाइड्रोबाट लगानीकर्ता बैंकमा सिफ्ट

सेयर बजारमा समूहगत सूचकको आधारमा फाइनान्स कम्पनीले समेत वाणिज्य बैंकलाई जितेको छ । फाइनान्स कम्पनीको समूहगत सूचक अहिले १९४२.५१ रहेको छ भने वाणिज्य बैंकको सूचक १९०७ रहेको छ ।

२८५६ बिन्दुमा नेप्से परिसूचक आएपनि केही वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा छन् । अघिल्लो पटकको नेप्से बुल हुँदा १८ सय बिन्दुमा त्यो बेला वाणिज्य बैंकको सेयर किन्ने लगानीकर्ता अझै घाटामा रहेको छन् ।

यो पटक सेयर बजार बुलिस ट्रेण्डमा भएपनि वाणिज्य बैंकमा भने त्यस्तो अहिलेसम्म देखिएको छैन । यद्यपी एकवर्षको तुलनामा वाणिज्य बैंकको सेयर मूल्य कम्तीमा पनि १०० रुपैयाँ भने बढेको छ । तर,एकवर्ष अगाडि ५० रुपैयाँमा पनि नपरेका हाइड्रोपावरको कम्पनीको जस्तो भने वाणिज्य बैंकको सेयर मूल्य बढेको भने छैन ।

सेयर बजारका ठूला लगानीकर्ताको रुपमा चिनिने अम्बिकाप्रसाद पौडेल वाणिज्य बैंकको सेयर मूल्य नबढ्दासम्म बुलिस ट्रेण्ड नसकिने बताउँछन् ।

अहिले २६ वटा वाणिज्य बैंक सेयर बजारमा सूचिकृत छन् । सेयर बजारमा साना आकारको संस्थाजस्तो वाणिज्य बैंकको सेयर मूल्यलाई कर्नरिङ गर्न सकिदैन । वाणिज्य बैंकको चुक्ता पूँजी नै ८ अर्ब छ । जसको कारण सेयर बजारमा समूहको भन्दा वाणिज्य बैंकको आपूर्ति बढी हुन्छ ।

निर्मल प्रधान तुलनात्मक रुपमा बैंकको सेयर बढी सुरक्षित हुने बताउँछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?