कामना सेवा नेपालका १२ वटा विकास बैंकमध्ये एउटा हो। यो बैंकको राजधानीमा २० वटा र राजधानीबाहिर १०४ वटा शाखा छन्। बैंकिङ सेवा लकर र रेमिटेन्सलाई पनि आम्दानीको स्रोत बनाएको यो बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५८ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। सेयरपुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ७७ करोड ६८ लाख रुपैयाँ रहेको छ।
इलिअट वेभअन्तर्गत विश्लेषण गर्दा हाल ५८० रुपैयाँमा चलेको यो बैंकको सेयरमूल्य ५५० रुपैयाँमा वेभ ए पूरा गरी ६०० रुपैयाँमा वेभ बी बनाउन तथा पुनः करेक्सन भएर वेभ सीका लागि लगभग ५०० रुपैयाँसम्म आउन सक्छ।
यदि यो बैंकको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ५९० रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा ५४४ रुपैयाँमा, ०.५ प्रतिशतको टेवा ५०८ रुपैयाँमा र ०.६१ प्रतिशतको टेवा ४७५ रुपैयाँसम्ममा आउन सक्छ।
रिर्टन अन अर्निङमा ३९ करोड ९२ लाख रहेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २९.४७ रुपैयाँ र नेटवर्थ १४४.३५ रुपैयाँ रहेको छ। निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा १.३७ बाट घटाएर १ प्रतिशत झार्न सफल बैंकको सेयरपँुजी अनुपात सर्वसाधरणको ४९ प्रतिशत र संस्थापकको ५१ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा दोब्बरले वृद्धि भएको छ।
यो बैंकको हालको आरएसआई ६८.४६ विन्दुमा रहेको छ। जसको अर्थ हुन्छ, ओभर बट जोनमा छ। अघिल्लोपटक यो विन्दु ८६.०७ को तहमा पुगेपछि करेक्सन आएको थियो।
बढेमा प्रतिरोध
प्रतिरोध १– ६०४
प्रतिराध २– ६२८
प्रतिराध ३– ६७९
पिभट पोइन्ट : ५७७
घटेमा सर्पोट
सपोर्ट १ – ५५३
सर्पोट २– ५२६
सर्पोट ३– ४७५