Breaking News

राष्ट्र बैंकलाई सुझाव: अब 'फोर्स बिग मर्जर'मा जानुपर्छ

Jun Thu 2021 07:59:43

746 views

राष्ट्र बैंकलाई सुझाव: अब 'फोर्स बिग मर्जर'मा जानुपर्छ

काठमाडौँ। राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा फेरी एक पटक बैंक तथा वित्तीय संस्थाको 'बिग मर्जर' को विषयले चर्चा पाएको छ। सरकारले बिग मर्जर सम्भव तुल्याउन 'फोर्स मर्जर' को नीति अवलम्बन गर्नुपर्नेमा बैंक तथा वित्तीय क्षेत्रका जानकारहरू बताउँछन्। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल वाणिज्य बैंकहरु आफै मर्जरमा आउने नदेखिएकाले केन्द्रीय बैंकले विभिन्न योजना ल्याएर वा कानुन नै बनाएर भए पनि मर्ज गर्न बाध्य बनाउनु पर्ने बताउँछन्।

उनी भन्छन्, "साना बैंक तथा वित्तीय संस्थाहरुलाई अब चलाउनु हुँदैन, यिनीहरूलाई थप प्रोत्साहन दिएर बचाउन पर्छ । बढीमा १५ वटा ठुला वाणिज्य बैंक र १७ वटा विकास बैंक १३ वटा वित्तीय संस्थाहरू भए भने पुग्छ। नेपालमा सहकारी बाहेक ४०/४५ वटा भन्दा बढी वित्तीय संस्था चाहिँदैन।"

भलमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेल भन्छन्, "साना संस्था बटुलेर ठुलो पार्ने भन्दा ठुलालाई नै एक अर्कामा गाभ्ने नीतिमा सरकार केन्द्रित हुनु पर्छ। यसरी सानालाई  बटुलेर हुने देखिएनन् त्यसैले अब केन्द्रीय बैंकले ठुला ठुला नै बटुलेर अझ ठुला बैंक बनाउनु पर्छ।" 

 व्यापारी पवन भिमसारियाको बिग मर्जको अनिवार्यता बारेको भनाइ रोचक छ।  उनी भन्छन्, "बैंक सञ्चालक बन्ने धेरै व्यापारीको रहर यसबिच पुरा भयो।  अब चाहिँ एक आपसमा गाभेर साँचीकै बैंक बनाउने तर्फ लाग्नु पर्छ। बैंकको सञ्चालक भनेर आफ्नो भिजिटिङ कार्ड बनाउने एक पटक लहर नै चालेको थियो।  मानिसहरूको त्यो रहर मनलाग्दी वित्तीय संस्था खोल्न दिएर केन्द्रीय बैंकले पुरा गरिदिएको छ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?