Breaking News

बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक , कुनको बैंकको कति ?

Aug Wed 2021 08:24:11

750 views

बैंकहरुले  नयाँ ब्याजदर सार्वजनिक , कुनको बैंकको कति ?
बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकहरुको आधार दर असार मसान्तसम्म आइपुग्दा थोरै बढेको छ । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले सोही अनुसार केही बैंकको कर्जाको ब्याजदर सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं :
 नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५% तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७.५५% निर्धारण गरेको छ । यता, बैंकको असार मसान्तसम्मको बेस रेट ७.३७% छ ।
 नबिल बैंक
 नबिल बैंकले बचतमा न्यूनतम ३.०१% देखि अधिकतम ३.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१% ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतिको ब्याजदर ५.५१% निर्धारण गरेको छ । बैंकको असार मसान्तसम्म बेस रेट ५.८६%  छ ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले भदौ १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६% देखि ७.२५% र संस्थागत मुद्दति निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर हुनेछ ।  
एनआइसी एसिया बैंक
 एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६% कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६% सम्म ब्याज पाइनेछ । 
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ३% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो ।  
एनएमबि बैंक
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.३३% रहेको छ । 
एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% र न्यूनतम ६.५०% तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.९९% छ ।
नेपाल बैंक
नेपाल बैंकले बचतको न्यूनतम ब्याज ३.०५% देखि अधिकतम ४.५५% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५% तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ५.७३% छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०% देखि अधिकतम ५% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% तोकेको छ । असार मसान्तसम्म बैंकको आधार दर ७.१३% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । 
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५% तोकेको छ । असार मसान्तसम्म बैंकको आधारदर ७.२६% छ । य
सनराइज बैंक
सनराइज बैंकले बचतमा न्यूनतम २.५७% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । जेठ असार मसान्तसम्म बैंकको आधार दर ६.७०% रहेको छ । 
प्रभु बैंक 
प्रभु बैंकले बचत खातामा न्यूनतम ३.२५% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ७.७५% र अधिकतम ८.२५% सम्म ब्याजदर दिन्छ । बैंकको असारसम्मको आधार दर ६.८८% छ । 
कुमारी बैंक
कुमारी बैंकले बचत खातामा न्यूनतम २.५०% देखि अधिकतम ३.५% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६% देखि ७% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । 
सिभिल बैंक 
सिभिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम ४.०५% देखि अधिकतम ५.०५% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ८.७५% सम्म ब्याजदर दिने भएको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६% र न्यूनतम ७.५०% निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.२१% रहेको छ । 
एनसीसी बैंक
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३.२६% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.२६% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । असार मसान्तसम्मको अधारदर ७.५७% रहेको छ । 
बैंक आफ काठमान्डू
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो ।  
 नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.२५% निर्धारण गरेको छ । बैंकको असार मसान्तसम्मको आधारदर ७.४१% छ । 
लक्ष्मी बैंक 
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ % देखि ६ महिनाभन्दा बढीको हकमा ७.५% ब्याज दिनेछ । 
सिटिजन्स बैंक
 सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?