हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज अघि बढाउने निर्णय भएको छ । हिमालयन बैंकको सञ्चालक समितिको बैंठकमा निर्णय भएको हिमालयन बैंकका एक सञ्चालक ले बताए । सञ्चय कोषबाट आएका सञ्चालकले असमति जनाएपछि बहुमतले मर्जमा जाने निर्णय भएको ती सञ्चालकले बताए ।
हिमालयन बैंकको सञ्चालक समितिले यसभन्दा पहिलाका सबै सर्तहरु यथावत राखेर मर्ज प्रक्रिया अघि बढाउने निर्णय भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले बताए । नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएको समयभित्र नै हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज सकिने देखिएको सीईओ राणाले बताए ।
राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो । यही बीचमा बैंक सञ्चालक समितिको सञ्चय कोषका तर्फबाट अध्यक्ष रहेका तुलसीराम गौतमलाई अर्थमन्त्रालयले नै परिवर्तन गरेको थियो । उक्त स्थानमा बैंकका सञ्चालक प्रचण्डमान श्रेष्ठ आएपछि बैंकका पुर्वअध्यक्ष मनोजबहादुर श्रेष्ठको दवावमा मर्जर प्रक्रिया रोकिएको थियो ।
हिमालयन बैंकको मंसिर १० गतेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रिया अगाडि बढाउनुपर्ने थियो । अब बैंकले आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने सीईओ राणाले बताए । बैंकले अब विशेष साधारणसभा बोलाउने छ र उक्त साधारणसभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने छ ।
हिमालय नेपाल इन्भेष्टमेन्ट बैंक हुने यसभन्दा पहिला नै सहमति भइसेको छ । अध्यक्ष इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे हुने रहने छन् भने प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकको तर्फबाट अशोक राणा हुने छन् ।
दुबै बैंकबीच गत वैशाख ३० गते मर्जरमा जाने सहमति भएको थियो । यता इन्भेष्टमेन्ट बैंकले साधारणसभा सकिसकेको छ । तर, अब मर्जका लागि पुन अर्को विशेष साधारणसभा बोलाउने पर्ने अबस्था आउने बैंकका अध्यक्ष पुथ्वीबहादुर पाँडेले बताए ।