Breaking News

सीएसआरको ६० प्रतिशत रकम बैंकर्स हस्पिटल’ खोल्नेतर्फ

Jan Sat 2022 10:12:49

632 views

सीएसआरको ६० प्रतिशत रकम बैंकर्स हस्पिटल’ खोल्नेतर्फ

बैंकका कर्मचारीहरुका लागि ‘बैंकर्स हस्पिटल’ खोल्ने प्रक्रिया कार्यान्वयनको चरणमा गएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्ने पर्ने मस्यौता तयार पारेसँगै बैंकसं हस्पिटल कार्यान्वयनको चरणमा जान लागेको बुझिएको हो ।

गत बैशाखमा नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल बैंक तथा वित्तीय कर्मचारीहरुका लागि बैंकर्स हस्पिटल खोल्न माग गरेको थियो ।

संघले आर्मी, प्रहरी र निजामती सेवाका कर्मचारीहरु तथा तिनका आश्रितहरुका लागि संरक्षित र सुलभ, सहज स्वास्थ्य सेवा प्रदान भए सरह सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु तथा तिनका परिवारको लागि सेवा प्रवाह गर्ने गरी सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा तत्काल बैंकर्स हस्पिटल को स्थापनाको कार्य शुभारम्भ गर्नुपर्ने माग राखेको थियो ।

सोको लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च नभई बाँकी रहेको रकम, संस्थाहरुको विभिन्न कल्याणकारी कोषहरुमा रहेको केही प्रतिशत रकम र कर्मचारीहरुको मासिक तलबभत्ताबाट कट्टा गरेको निश्चित प्रतिशत रकम र नेपाल सरकारसँग अनुदान रकम माग गर्नुपर्ने संघको आग्रह थियो ।

हाल नेपाल राष्ट्र बैंकले सो मस्यौदामार्फत सो माम पूरा गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम चालु आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ । कारणवश ४० प्रतिशत रकम खर्च नभएमा आगामी आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?