अहिलेको बजारको करेक्सन नितान्त रुपमा अर्थतन्त्रमा देखिएको तरलता संकटका कारण आएको बताउँछन् अनुभवी एवं सक्रिय लगानीकर्ता । 'अहिले बढ्दो तरलताका कारण बैंकको कर्जाको ब्याजदर पनि बढिरहेको छ बैंकहरु थप कर्जा लगानी गर्ने अवस्थामा छैनन् जसका कारण केही हदसम्म बजारमा करेक्सन आयो निर्वाचनका कारण मास साइकोलोजी केही बलियो भएपनि त्यसले बजारलाई टिकाउन सकेन ठुला ब्रोकरहरुबाट म्यासिभ सेल आउँदा चुनावको समाचारकै कारण पनि बजार धेरै समय बढ्न सकेन'
यो बुल भित्रको करेक्सन हो अब केही दिनसम्म बजार यस्तै अवस्थामा चल्न सक्छ तर फाल्गुनको दोस्रो साता पछि भने बजारमा सकारात्मक माहोल फर्कने छ ।' नेपाल स्टक एक्सचेञ्जका अनुसार (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेकाे छ । नेप्से ०.४३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक १.७० अंकले घटेर ५२७.२८ विन्दुमा झरेकाे छ ।
कूल २२७ वटा कम्पनीकाे ६९ लाख ५० हजार ८ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३ सय ५० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।