२७ कम्पनी आईपीओ निष्कासनका लागि स्वीकृतिको पर्खाइमा रहेका छन् । यी कम्पनीहरू आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दिएको निवेदन स्वीकृतिको पर्खाइमा रहेका हुन् । सेबोनका अनुसार यसरी प्रतिक्षारत कम्पनीहरुले ६ अर्ब ९३ करोड ६२ लाख ७० हजार ४०० रुपैयाँ बराबरको ५ करोड ४१ लाख ५ हजार २०४ कित्ता प्रारम्भिक शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् ।
आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १५ वटा हाइड्रोपावर, ६ वटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् ।
सेबोनका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्कासनका लागि तयारीमा रहेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता रहेका छन् । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ९ लाख ७५ हजार र खप्तड अघुवित्त वित्तीय संस्थाको १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्कासनका लागि सेबोनको स्वीकृतिको पर्खाइमा छन् ।
सेबोनका अनुसार सिर्जनशिल लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न पाइपलाइनमा रहेको छ । आईपीओ निष्काशनको पाइपलाइनमा रहेको अर्को लघुवित्तमा बीपीडब्लु लघवित्त वित्तीय संस्था रहेको छ । उक्त लघुवित्त कम्पनीले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता आईपीओ जारी गर्न पाइपलाइनमा रहेको हो ।
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाईएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
त्यसैगरि, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ ।
सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनीको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता र सिटी होटल्सको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशनका लागि पाइप लाइनमा रहेको छ ।