आईपीओ निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरुमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको सेबोनको सूचनामा उल्लेख छ । त्यस्तै, माया खोला हाइड्रोपवर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता, भूगोल इनर्जी डेभलपमेन्ट १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता, मकर जीतुमाया सुरु हाइड्रोपावर २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
इङवा हाइड्रोपावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता, सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता निष्कासनका लागि सेबोनमा निवेदन लिएको छ ।
थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता, एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, सिलेक्स हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।
सेबोनका अनुसार सुपरमाई हाइड्रोपावर लिमिटेड १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ । त्यस्तै, स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता, पिपुल्स पावर लिमिटेड ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता र बाराही हाइड्रोपावरको ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर निष्कासन गर्नका लागि पाइपलाइनमा रहेका छन् ।