Breaking News

आठ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, वितरण योग्य नाफा कति ?

Jul Mon 2022 01:47:47

376 views

आठ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, वितरण योग्य नाफा कति ?

८ वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, सनराइज बैंक लगायत ८ वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । 

कुन वाणिज्य बैंकले कति नाफा कमाए ?

सिटिजन्स बैंक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस बैंकले १ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।


एनआईसी एशिया बैंक 

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव ८६ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

सञ्चालन नाफा अघिल्लो वर्ष ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ ।


ग्लोबल आइएमई बैंक

एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५ प्रतिशत बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्म बैंकले ४ अर्ब १६ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

अघिल्लो वर्षको तलनामा गत वर्ष बैंकको सञ्चालन नाफा करिब २७ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ९५ करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले गत वर्ष ७ अर्ब ५६ करोडभन्दा बढी यो नाफा गरेको हो । गत वर्षको चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ । 


प्रभु बैक

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी २६.७६ प्रतिशत बढेको छ । यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत बढेको छ । 


माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले आफ्नो नाफामा ३४.४३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।


सानिमा बैंक 

सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।


लक्ष्मी बैंक

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।


सनराइज बैंक

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?