Breaking News

सानिमा बैंकको ‘भिडियो केवाईसी’ सेवा शुरु

Jul Tue 2022 01:39:16

417 views

सानिमा बैंकको ‘भिडियो केवाईसी’ सेवा शुरु

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘भिडियो केवाईसी’ सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर ‘भिडियो केवाईसी’ गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । 

ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । ‘भिडियो केवाईसी’ सुविधा मार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् । 

बैंकका अनुसार ग्राहकहरुले अनलाइन खाता खोल्दा ‘भिडियो केवाईसी’ विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ । प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?