Breaking News

चीनमा आर्थिक संकट : बैंकहरु टाट पल्टियो, ग्राहकहरूलाई बैंकमा जान प्रतिबन्ध, ग्राहकहरूको खाता रोक्का

Jul Tue 2022 01:56:17

391 views

चीनमा आर्थिक संकट :  बैंकहरु टाट पल्टियो, ग्राहकहरूलाई बैंकमा जान प्रतिबन्ध, ग्राहकहरूको खाता रोक्का

चीनमा ठूलो बैंकिङ संकट उत्पन्न भएको छ । स्थिति यति खराब छ कि धेरै बैंकहरूले आफ्ना ग्राहकहरूलाई पैसा निकाल्न प्रतिबन्ध लगाएका छन् ।

यस्तो अवस्थामा अप्रिलदेखि हजारौं मानिस सडकमा प्रदर्शन गरिरहेका छन् । धेरै ठाउँमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ । यसैलाई मध्यनजर गर्दै अहिले बैंक वरपर ट्याङ्क तैनाथ गरिएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । यो भिडियो हेनान प्रान्तको हो। यहाँ धेरै ट्याङ्कहरू लाइनमा उभिएका देखिन्छन्। बैंकमा मानिसलाई प्रवेश गर्न नदिन प्रशासनले ट्याङ्क तैनाथ गर्न निर्देशन दिएको छ ।

वास्तवमा, अप्रिलमा साउथ चाइना मर्निङ पोस्टमा एउटा लेख प्रकाशित भएको थियो । यसमा चिनियाँ बैंकहरूमा भएको घोटालाको बारेमा बताइएको थियो। चीनको बैंकिङ प्रणालीबाट ४० अर्ब युआन वा करिब ६ अर्ब अमेरिकी डलर हराएको दाबी गरिएको थियो।

यसपछि, हेनान र आन्हुइ प्रान्तका बैंकहरूले मानिसहरूलाई बैंक खाताहरू पहुँच गर्नबाट रोक लगाए। यसका लागि मानिसहरूलाई ‘सिस्टम अपग्रेड’ भनिएको थियो।

न्यु ओरिएन्टल कन्ट्री बैंक अफ काइफेङ, सिचेङ हुआङहुई कम्युनिटी बैंक, शाङ्काई हुइमिन काउन्टी बैंक र युझाउ शिन मिन शेङ भिलेज बैंक सबैभन्दा बढी प्रभावित भएका छन्।

तीन महिनादेखि यहाँ मानिसहरु धाइरहेका छन्, तर उनीहरुलाई बैंक भित्र पनि जान दिइएको छैन ।

सडकमा ट्याङ्क तैनाथ देखेर मानिसहरू यसलाई तियानमेन स्क्वायरको घटनासँग तुलना गर्न थालेका छन्। सन् १९८९ मा तियानमेन स्क्वायरमा जनताले सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

त्यसबेला सेनाले आन्दोलनकारीमाथि ट्याङ्क चढाएको थियो । ३ हजार भन्दा बढी मानिस मारिए। युरोपेली मिडियाले १०,००० मानिसको नरसंहारको आशंका गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?