Breaking News

एभरेष्ट बैंकको वितरण योग्य नाफा धेरै : ४१ प्रतिशत लाभांश दिने क्षमता

Jul Thu 2022 04:42:23

550 views

एभरेष्ट बैंकको वितरण योग्य नाफा धेरै : ४१ प्रतिशत लाभांश दिने क्षमता

एभरेष्ट बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७७ करोड बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ७७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत बढेर ५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४२.६२ प्रतिशत बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

हाल ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९ करोड, रिटेन्ड अर्निङमा ३ अर्ब ८९ करोड र सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले ४१ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँ बढेर २६.८९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.३२ गुणा, खराब कर्जा ०.२४ प्रतिशत, बेसरेट ८.८२ प्रतिशत, स्प्रेडदर ४.०६ प्रतिशत र सीडी रेसियो ८६.०४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?