Breaking News

प्रभुसँग सेञ्चुरी बैंक गाभिने, चुक्तापुँजी २२ अर्ब पुग्ने, स्वाप १ः१ रोसियो

Aug Mon 2022 02:25:56

642 views

प्रभुसँग सेञ्चुरी बैंक गाभिने, चुक्तापुँजी २२ अर्ब पुग्ने, स्वाप १ः१ रोसियो

प्रभु बैकमा सेञ्चुरी बैंक गाभिने भएका छन् । आइतबार प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुवै बैंकका संचालकहरूले उपस्थितीमा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले बताए ।

दुबै बैंक एकपछि २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। दुई बैंक मर्जरमा जाँदा चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ। हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। भने प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ।  

प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त बताइएको छ । तर, अध्यक्ष सिटौलाले भने मर्जरको सम्झौतपछि हुने ड्यू डेलिजेन्स अडिट(डिडिए) मा भर पर्ने बताए । प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?