Breaking News

हिमालयन र बैंक अफ काठमाण्डूले जिते, मेलम्ची जमानतको रकम हर्जना सहित फिर्ता हुने

Aug Wed 2022 02:37:49

460 views

हिमालयन र बैंक अफ काठमाण्डूले जिते, मेलम्ची जमानतको रकम  हर्जना सहित फिर्ता  हुने

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले चीनमा मुद्दा जितेका छन्। बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंककको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो। दुबै बैंकले गत शुक्रबार मुद्दा जितेका हुन्। रकम फिर्ताका लागि दुवै बैंकलाई चीनको अदालतले खबर गरेको छ। ' हामी आफ्नो पैसा फिर्ता गर्नका लागि दाबी पठाउँछौं,' हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले भने। 

मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर र १४.११ लाख यूरो तथा थप हर्जना फिर्ता पाउने छ। यो नेपाली रुपैयाँमा करिब एक अर्ब रुपैयाँ हुन आउँछ। हिमालयन बैंकले पनि ७० करोड रुपैयाँ फिर्ता पाउने छ। 

दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन। त्यसो हुँदा चाइना कन्स्ट्रक्सन बैंकले दुवै बैंकको पैसा फिर्ता गर्नुपर्ने हुन्छ। 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो। उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा यी दुई नेपाली बैंकले जितेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?