Breaking News

सिभिल बैंकको नाफा १६२ प्रतिशतले बढ्यो

Aug Mon 2022 01:25:56

320 views

सिभिल बैंकको नाफा १६२ प्रतिशतले बढ्यो

 सिभिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३८ करोड ४६ लाख ८५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/७८ को तुलनामा १६२.३६ प्रतिशतले बढाएको हो ।

बैंकले अघिल्लो आवमा ५२ करोड ७७ लाख ८४ हजार मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ६४.३१ प्रतिशतले बढेर ३ अर्ब ६४ करोड १५ लाख ३४ पुग्दा अघिल्लो आवमा सम्भावित कर्जा नोक्सानी वापतको ३४ करोड ४६ लाख प्रोभिजन गरेको बैंकले गत आवमा ५ करोड ४३ लाख राइट व्याक गरेको छ ।

जसले गर्दा बैंकको सञ्चालन मुनाफा पनि उल्लेख्य बढेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३९.२५ प्रतिशतले वृद्धि भएर दुई अर्ब ११ करोड ३२ लाख ७१ हजार पुगेको छ ।

बैंकले गत असार मसान्तसम्म ९६ अर्ब ३ करोड ८७ लाख ४१ हजार निक्षेप संकलन गरेर ८७ अर्ब ९ करोड २२ लाख ६१ हजार कर्जा लगानी गरेको छ । बैंकको निक्षेप र कर्जा क्रमशः ९० अर्ब ३४ करोड ४९ लाख २८ हजारबाट ६.३० प्रतिशत र ८३ अर्ब ३ करोड ७७ लाख ७० हजारबाट २३.६० प्रतिशतले बढेको हो । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ६७ पैसाबाट बढेर १३२ रुपैयाँ ४३ पैसा पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६३ लाख ९ हजार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?