Breaking News

वाणिज्य बैकको कर्जाको ब्याजदर १५ प्रतिशत पुग्यो

Aug Sat 2022 03:15:20

615 views

वाणिज्य बैकको कर्जाको ब्याजदर १५ प्रतिशत पुग्यो

वाणिज्य बैंकहरुले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याजदर लिन थालेसकेका छन् । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई कर्जामा अधिकतम १५ प्रतिशत ब्याज लिन पाउने व्यवस्था गरेको छ भने यता सहकारी विभागले पनि सहकारी संस्थाहरुले कर्जामा अधिकतम १६ प्रतिशत मात्रै ब्याज लिन पाउने व्यवस्था गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुको औसत आधार दर ९.४४ प्रतिशत पुगेको छ । केहि महिनाअघि औसतमा ६.६६ प्रतिशतसम्म झरेको बैंकहरुको आधार दर पछिल्लो एक वर्षमा नै करिक ३ प्रतिशत विन्दुले बढेको छ ।

विवरण अनुसार असार मसान्तसम्ममा ६ वटा बैंकको आधार दर नै १० प्रतिशतभन्दा माथि छ । आधार दरमा बैंकहरुले ६–७ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा लगानी गर्ने गरेका छन् ।

सिभिल बैंकको आधार दर १०.४६ प्रतिशत छ उसले आधार दरमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम जोड्ने जनाएको छ भने सेञ्चुरी बैंकको १०.२३ प्रतिशत, सिटिजन्स बैंकको १०.०९ प्रतिशत, सनराइज बैंकको १०.०१ प्रतिशत र मेगा बैंकको पनि १०.०१ प्रतिशत छ। आधार दर महँगो हुँदा कर्जाको ब्याजदर पनि अझै महँगो पर्छ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा सरकारी बैंकहरुको आधार दर कम रहेको छ। पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.८६ प्रतिशत छ भने नेपाल बैंकको ७.९९ प्रतिशत रहेको छ। 

नेपाल राष्ट्र बैंकबाट जारी भएको चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदा सम्बन्धमा धारण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने चालु पुँजीलाई कडाइ गर्ने संकेत गरेपछि सबै उद्यमी व्यवसायी निरुत्साहित बनेको बताएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?