Breaking News

मर्जरमा जाने बैंक तथा बित्तिय संस्थाको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने

Aug Sat 2022 12:17:36

723 views

मर्जरमा जाने बैंक तथा बित्तिय संस्थाको सेयर कारोबार १५ दिन  मात्रै रोक्का हुने
मर्जर प्रयोजनका लागि कम्पनीहरुको सेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने भएको छ। नेपाल धितोपत्र बोर्ड सेबोनले बिहीबार संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

निर्देशिकामा गरिएको व्यवस्थाअनुसार अब एकीकृत कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्त गर्ने संस्था र गाभ्ने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने उल्लेख छ।

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। सेबोनबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनीसम्बन्धी कानुनबमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात सोको जानकारीसहित एकीकृत व्यावसायिक कारोबार गर्ने मितिको जानकारी सेबोन, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?