Breaking News

भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन

Aug Mon 2022 10:54:31

741 views

भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन

भारतीय शेयर बजारमा ‘बादशाह’को उपमा पाएका लगानीकर्ता राकेश झुनझुनवालाको निधन भएको छ ।  उनको  मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा ६२ वर्षको उमेरमा निधन भएको हो । 

उनको जन्म ५ जुलाई १९६० मा मुम्बईमा भएको हो । उनले १९८५ बाट सेयर बजारमा लगानी गर्न थालेका थिए । उनी पेशाले भने चार्टर्ड एकान्टेन्ट थिए । राकेशको शेयर बजारको सुरुवाती लगानी ५ हजार भारु रहेको उनको सम्पत्ति हाल ६ अर्ब डलर रहेको छ ।

झुनझुनवालाको स्टार हेल्थ इन्स्योरेन्स, मेट्रो ब्रान्ड र कन्कर्ड बायोटेक जस्ता निजी कम्पनीहरूमा पनि शेयर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?