Breaking News

वाणिज्य बैंकका सीईओहरूले गरे ब्याजदर घटाउने निर्णय

Aug Tue 2022 02:04:24

571 views

वाणिज्य बैंकका सीईओहरूले गरे ब्याजदर घटाउने निर्णय

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने निर्णय गरेको छ । सोमबार बसेको संघको बैठकले संस्थागत निक्षेपकर्ताको ब्याजदर घटाउने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले संस्थागत निक्षेपमा दिने ब्याज घटाउने निर्णय गरेको बताए । उनका अनुसार साधारण र मुद्दति निक्षेपको ब्याजदर भने यथावत नै राखेको छ । ‘व्यक्तिगत मुद्दति निक्षेपतर्फ अहिलेकै अधिकतम् ११.०३ प्रतिशतलाई कायम गर्ने निर्णय भएको छ, संस्थागत मुद्दति निक्षेपतर्फ भने एक प्रतिशतले घटाएर अधिकतम ९.०३ ब्याजदर कायम गर्ने निर्णय भएको छ, ।

अहिले बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतममा ११.०३ प्रतिशत ब्याजदर तोकेका छन् भने संस्थागतमा १०.०३ प्रतिशत ब्याज दिइरहेका छन् । तर, अब भने व्यक्तिगतको सोही ब्याजदर रहेर संस्थागत निक्षेपकर्ताको ब्याजदर घट्ने भएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदरमा कडाइ गरेको थियो । संस्थागत मुद्दती निक्षेप (बोल कबोल समेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकको छ ।

यस्तै, विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि भदौ महिनामा ब्याजदर नबढाउने पक्कापक्की भइसकेको बताइएको छ ।त्यसैले पनि ब्याजदर बढ्न सक्ने धेरैको अनुमान थियो । ब्याजदर बढाएर पनि निक्षेप बढ्ने अवस्था नदेखेपछि बैंकर्सले ब्याजदर पनि नबढाउने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?